२०८२ भाद्र ९ गते सोमवार
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको रजिष्ट्रार र रेक्टर कार्यालयमा तोडफोड गरिएको छ ।
माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका विद्यार्थीहरूले तोडफोड गरेको त्रिविका कामु अध्यक्ष शिवराज भट्टले जानकारी दिएका छन् ।
उनले भने, ‘ उपकुलपतिको कार्यालयमा धर्ना बसिरहेका थिए बाहिर गएर नाराबाजी गर्दै रजिष्ट्रारको कार्यालयमा सिसा फुटाए। त्यसपछि रेक्टरको अफिसमा आउनै लाग्दा प्रहरीसँग झडप भयो। ‘
तोडफोडका क्रममा प्रहरी र विद्यार्थीबीच झडप भएको छ। झडपमा परी दुई जना घाइते भएका छन् भने घाइते भएकाहरूलाई कीर्तिपुर अस्पतालमा लगिएको छ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij