Logo

२०८२ भाद्र ९ गते सोमवार

२०८२ भाद्र ९ गते सोमवार

जिप दुर्घटनामा ज्यान गुमाउने राधा स्वास्थ्य केन्द्रकी इन्चार्ज, छोरा भेट्न जादैँ थिए दम्पति

जिप दुर्घटनामा ज्यान गुमाउने राधा स्वास्थ्य केन्द्रकी इन्चार्ज, छोरा भेट्न जादैँ थिए दम्पति


  • 1.2K
    Shares

    • images
    जिप दुर्घटनामा ज्यान गुमाउने राधा स्वास्थ्य केन्द्रकी इन्चार्ज, छोरा भेट्न जादैँ थिए दम्पति
    images

    काठमाडौं । ७ मा रहेको सहरी स्वास्थ्य केन्द्र बडिमुहानकी इन्चार्ज ४० वर्षीया राधा कार्की चौहान र विद्युत् प्राधिकरण मन्थली शाखामा कार्यरत ४४ वर्षीय उत्तम चौहान हेटौँडामा अध्ययनरत छोरालाई भेट्न आइतबार बिहानै घरबाट निस्किए। 

    तर, चौहान दम्पती सवार बा१३ च ३९३५ नम्बरको स्कारपिओ मन्थली नगरपालिका–६ बोक्से पहरो भन्ने ठाउँमा सडकबाट खस्यो। 

    दुर्घटनामा राधाको घटनास्थलमै मृत्यु भयो भने उनका पति उत्तम गम्भीर घाइते भएका प्रहरीले जनाएको छ।   डबलक्याप स्कारपिओ जीप सडकबाट करिब तीन सय मिटर तल बोक्से भिरमा खसेको जिल्ला प्रहरी कार्यालय रामेछापका डीएसपी भोला भट्टले जानकारी दिए। 

    घाइते उत्तमलाई रामेछापमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाइएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :श्रावण २५ २०८२ आइतवार - १०:२५:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij