Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

ट्रम्पको भन्सार दर कुन देशलाई कति ? नेपाललाई भने न्यूनतम शुल्क मात्रै

ट्रम्पको भन्सार दर कुन देशलाई कति ? नेपाललाई भने न्यूनतम शुल्क मात्रै


  • 834
    Shares

    • images
    ट्रम्पको भन्सार दर कुन देशलाई कति ? नेपाललाई भने न्यूनतम शुल्क मात्रै
    images

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेका नयाँ ऐतिहासिक भन्सार शुल्क अर्थात् ट्यारिफ नीति आजदेखि औपचारिक रूपमा लागु भएको छ । ह्वाइट हाउसमा पत्रकार सम्मेलन गर्दै उनले गर्वका साथ यो घोषणा गरेका हुन् ।

    ट्रम्पले यस कदमलाई ‘अमेरिकाको सुरक्षा र उद्योगको रक्षा’ का लागि अनिवार्य भनेका छन् । तर आलोचकहरूले यसलाई विश्व व्यापार प्रणालीमाथिको हमला भनेका छन्।

    ट्रम्पका समर्थकहरूले यस कदमलाई ‘अमेरिकन रोजगारीको सुरक्षाका लागि साहसी कदम’ भनेका छन्। तर अमेरिकी उद्योग र खुद्रा विक्रेताहरूले भने उपभोक्ताले महँगो सामान किन्नुपर्ने र रोजगारीसमेत गुम्न सक्ने चिन्ता व्यक्त गरेका छन्।

    ट्रम्पको नयाँ ट्यारिफ नीति अमेरिकी इतिहासकै सबैभन्दा कडा संरक्षणवादी नीतिहरूमध्ये एक मानिएको छ। यसको असर केवल अमेरिका वा चीनमा सीमित रहने छैन-सारा विश्वको आपूर्ति प्रणाली, मूल्य सञ्जाल र कूटनीतिक सम्बन्धमा गहिरो असर पार्ने सीएनएनले जनाएको छ ।

    सीएनएनले जारी गरेको नयाँ ट्यारिफ लाग्ने सूचीका देशमा दक्षिण एशियाबाट नेपाल,माल्दिभ्स र भुटानबाहेक सबै परेका छन् ।

    यीमध्ये सबैभन्दा बढी भारतलाई लगाइएको छ । भारतलाई २५ प्रतिशत ट्यारिफ लगाइएको र रुससँग तेल किनिरहेको यो बढेर ५० प्रतिशत पुग्ने चेतावनी ट्रम्पले जनाएका छन् ।नेपाललगायतका देशले भने न्यूनतम १० प्रतिशतमात्र भन्सार महसुल तिरे पुग्नेछ ।

    यस्तो छ ट्रम्प प्रशासनले लगाएको नयाँ भन्सार दर । कुन देशलाई कति ?

    1.png

    2.png

    3.png

    प्रकाशित मिति :श्रावण २२ २०८२ बिहिवार - १३:३६:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij