२०८२ भाद्र १६ गते सोमवार
काठमाडौं । नेसपा नयाँ शक्तिका अध्यक्ष डा। बाबुराम भट्टराईले रास्वपा सभापति रवि लामिछानेलाई भेटेका छन्।
लुम्बिनी प्रदेश स्तरीय २ दिने विस्तारित बैठकमा भाग लिन जाने क्रममा भैरहवा कारागार पुगेर भेट गरेका हुन्।
भेटेपछि उनले भने, ‘उहाँमाथि अन्तिम फैसला भइसकेको छैन। न्यायिक हिरासतमा हुनुहुन्छ। कोही मान्छे भाग्छ थप अपराज गर्छ भन्ने लाग्दा न्यायिक हिरासतमा राख्ने हो। तर जनताको प्रतिनिधि भएको व्यक्ति भागेर जाँदैन। त्यसैले बाहिर जमानतमा रहेर मुद्दा फेस गर्ने व्यवस्था गर्नुपर्थ्यो भन्ने मेरो बुझाइ हो।’
उनले रविलाई पत्रपत्रिका समेत पढ्न नदिने गरेको पाइएको बताए। उनले भने, ‘उहाँलाई ल्याएर दिँदो पनि रहेनछ, त्यो त हामी पन्चायतकालमा बस्दा पनि साथीहरूले ल्याएर दिन्थे, पढ्ने गर्यौँ। मैले प्रहरीलाई सोधेँ उहाँहरूले आदेश छैन भन्नुभयो, कमसेकम सूचनाबाट वञ्चित गर्न हुँदैनथ्यो। राखेको ठाउँ पनि उचित लागेन, माथि सम्बन्धित ठाउँमा पनि भन्छु।’
उनले मुद्दाको विषयमा अदालतले फैसला गर्ने भएपनि वैकल्पिक राजनीतिक सोच राख्ने भएकाले भेट्न आएको बताए।
जनप्रतिनिधिलाई थुनामा राख्दा जनतालाई अन्याय हुने बताए। उनले थपे, ‘मैले टोपबहादुर रायमाझीको पनि कि सांसद पद खारेज गरेर चुनाव गर्नुपर्छ। त्यसैले बढी राजनीतिक ढङ्गले अन्याय हुन हुँदैन।’
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij