Logo

२०८२ भाद्र १० गते मंगलवार

२०८२ भाद्र १० गते मंगलवार

सिन्धुलीमा रुखले किच्दा २ जनाको मृत्यु, तीन बालबालिका घाइते

सिन्धुलीमा रुखले किच्दा २ जनाको मृत्यु, तीन बालबालिका घाइते


  • 1.0K
    Shares

    • images
    सिन्धुलीमा रुखले किच्दा २ जनाको मृत्यु,  तीन बालबालिका घाइते
    images

    काठमाडौं ।  सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-१ बस्तीपुरमा रुख ढल्दा दुई जनाको मृत्यु भएको छ । तीनजना बालबालिका घाइते भएका छन् ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार आज शुक्रबार दिउँसो ३:३० बजेतिर झरीका कारण ओत लाग्न बसेको टौवामा सालको ठूलो रुख ढलेर किचेको थियो ।

    रुख खस्दा पाँचजना बालबालिका टहरामा ओत लागिरहेका थिए । पानी परिरहेको अवस्थामा ओत लाग्न नजिकैको टौवामा बसेको बेला पहिरो र पानीका कारण सालको रुख ढल्दा टहरोमाथि खस्न पुग्यो ।

    ओत लागिरहेका ९ वर्षीय सार्की थिङ र १६ वर्षीया सन्ता गोलेलाई रुखले किच्दा घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जानकारी दिएका छन् ।

    त्यसैगरी घाइते हुनेहरुमा १४ वर्षीया सिर्जना माया, १५ वर्षीया सन्ध्या भोलन  र ७ वर्षीय सुशील थिङ रहेका छन् ।

    घाइतेमध्ये अवस्था गम्भीर भएकाले सिर्जना र सन्ध्यालाई थप उपचारका लागि हेटौडातर्फ रिफर गरिएको छ भने सुशील थिङको उपचार पाँचपाण्डव पोलिक्लिनिक, झुरझुरेमा भईरहेको प्रहरी जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :श्रावण १६ २०८२ शुक्रवार - १६:२३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij