Logo

२०८३ आश्विन २ गते शुक्रवार

२०८३ आश्विन २ गते शुक्रवार

अपडेट

कुलिङ अफ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद ७ दिन थपियो

कुलिङ अफ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद ७ दिन थपियो


  • 1.3K
    Shares

    कुलिङ अफ पिरियड छानबिन गर्ने संसदीय समितिको म्याद ७ दिन थपियो
    images

    ठमाडौं ।  निजामती सेवा विधेयकको कुलिङ पिरियडबारे त्रुटि भएको विषयमा छानबिन गर्नका लागि गठित संसदीय विशेष समितिको म्याद  सात दिन थपिएको छ । प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले समितिको म्याद सात दिन थप्नका लागि गरेको प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । 

    यसअघि समितिलाई छानबिन गरी प्रतिवेदन बुझाउन २१ दिनको समय दिइएको थियो । त्यो समय साउन ११ गते आइतबार सकिएकाले ७ दिनका लागि म्याद थपिएको हो । 

    समितिले लामो समय छलफल गरेर निजामती सेवाबाट अवकाशप्राप्त कर्मचारीलाई दुई वर्षसम्म कुनै पनि संवैधानिक वा सरकारी नियुक्तिमा जान नपाउने गरी‘कुलिङ अप पिरियड’ को व्यवस्था विधेयकमा गरेको थियो। तर प्रतिनिधिसभाबाट पारित हुँदा कुलिङ पिरियडको व्यवस्था निष्क्रिय हुने अर्को प्रावधान रहेको फेला परेपछि समिति बनाइएको थियो । 

    यसबारे समितिमा हङ्गामा मच्चिएपछि समिति सभापतिले नै सभामुख घिमिरेलाई छानबिनका लागि आग्रह गरेपछि कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा समिति बनाइएको थियो ।

    प्रकाशित मिति :श्रावण ९ २०८२ शुक्रवार - १४:३१:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij