Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: आरोपित सई पुर्पक्षका लागि थुनामा

कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण: आरोपित सई पुर्पक्षका लागि थुनामा


  • 1.4K
    Shares

    कैलालीमा कैदीबन्दी मृत्यु प्रकरण:  आरोपित सई पुर्पक्षका लागि थुनामा
    images

    काठमाडौं । कैलाली कारागारमा कैदीबन्दीको मृत्यु भएको घटनामा पक्राउ परेका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई) हरजीत नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।

    जिल्ला अदालतले थुनछेक बहसपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरेको प्रहरीले जानकारी दिएको छ । कैलालीका प्रमुख प्रहरी एसपी बाल नरसिंह राणाले जिल्ला अदालतको आदेशपछि नाथलाई पुर्पक्षका लागि कारागार चलान गरिएको बताएका छन् ।

    बैंकिङ कसुर मुद्दामा दोषी ठहर भएका डडेल्धुराको भागेश्वर गाउँपालिका-५ का २८ वर्षीय हरिस सिंह पालीको २ असारमा मृत्यु भएको थियो ।

    राति कारागारको शौचालयमा लडेको अवस्थामा अचेत भेटिएका उनको उपचारका क्रममा प्रादेशिक अस्पतालमा मृत्यु भएको थियो ।

    आफन्तले घटना शंकास्पद भएको भन्दै सत्यतथ्य छानबिनको माग गरेका छन् । घटनाको छानबिनका लागि कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति बनाइएको छ ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १५:३४:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij