Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

रसुवामा बाढीले पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने

रसुवामा बाढीले पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने


  • 1.5K
    Shares

    रसुवामा बाढीले पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने
    images

    काठमाडौं ।  रसुवामा बाढीले क्षति पुर्‍याएका भौतिक संरचनाको पुनर्निर्माणमा चीनले सहयोग गर्ने भएको छ । 

    अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग बिच आज भएको भेटवार्तामा चिनियाँ टोलीले सहयोगको प्रतिबद्धता जनाएको अर्थमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

    अर्थमन्त्री पौडेलले विपद्लगत्तैको पुनर्निर्माण नेपालको उच्च प्राथमिकतामा रहेको उल्लेख गरेका हुन् । उनले भौतिक संरचनाको पुनर्निर्माणप्रति देखाएको तत्परता, चासो र प्रतिबद्धताका लागि चिनियाँ पक्षलाई धन्यवाद दिएका छन् ।

    अर्थमन्त्री पौडेलले भने, आयात–निर्यातका लागि मात्र होइन, राजस्वका हिसाबले पनि रसुवा नाका महत्त्वपूर्ण रहेको छ । त्यसैले पुनर्निर्माणलाई छिटो अघि बढाउँछौँ,।

    मन्त्री पौडेलको सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख भएअनुसार भेटवार्तामा सिड्काका अध्यक्ष सियाओदोङ्गले भौतिक संरचनाहरुको पुनर्निर्माणलाई आवश्यक सहयोग गर्ने र भन्सार प्रकृया छिटो सञ्चालन हुने गरी काम गर्ने जानकारी दिएका थिए ।

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - १५:२१:२३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij