Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

अपडेट

पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो

पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो


  • 792
    Shares

    पूर्वमन्त्री राजकुमार गुप्तालाई अख्तियारमा बोलाइयो
    images

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अडियो काण्डमा विवादित भएका पूर्वमन्त्री राजकुमार गुप्तालाई छलफलको लागि बोलाएको छ । आयोगका एक अधिकारीका अनुसार उनलाई भोलिसम्म अख्तियार हाजिर हुन बोलाइएको हो ।   

    यद्यपि अख्तियारले यसलाई आधिकारिक पुष्टि भनेको गरेको छैन । अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले बोलाउनु ठुलो विषय नभएको बताए । ‘बोलाएको हुनसक्छ तर कहिले, कुन मितिमा बोलायो भन्ने अहिले भन्न सकिएन,’  उनले भने । 

    अख्यितारका एक कर्मचारीका अनुसार भने सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट राजीनामा दिएका गुप्तालाई सोधपुछ‘ इन्क्वायरी’ को लागि बोलाइएको हो । अडियो काण्डमा उनको आवाजबारे सोधपुछ हुनसक्ने ती अधिकारीले बताए ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - ११:४५:११ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij