Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा ३ जना पक्राउ

कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा ३ जना पक्राउ


  • 1.1K
    Shares

    कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा ३ जना पक्राउ
    images

    काठमाडौं । कैलालीमा विष खुवाएर शिक्षकको हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

    टीकापुर नगरपालिका-१ का ३६ वर्षीय लोकेन्द्र रावल, जानकी गाउँपालिका-९ अमरावतीका ३४ वर्षीय सुनिल रावल र टीकापुर नगरपालिका-१ चारकठ्ठाका ३२ वर्षी वीरेन्द्र हमाललाई पक्राउ गरिएको कैलालीका प्रहरी प्रवक्ता डीएसपी राजकुमार सिंहले जानकारी दिए ।

    धनगढी घर भएका ४५ वर्षीय शिक्षक जगदीश पन्तको हत्या गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् । उनीहरुविरुद्ध शिक्षकका परिवारले विष खुवाएर हत्या गरेको उल्लेख गरी जाहेरी दिएपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताए ।

    पन्त जानकी गाउँपालिका-४ को मनुवामा रहेको जनता माध्यमिक विद्यालयमा शिक्षण गर्दै आएका थिए । शनिबार दिउँसो उनको शंकास्पद मृत्यु भएको थियो ।

    टीकापुर नगरपालिका-१ को मुनुवा रोडमा रहेको  लोकल स्टेशन कटेजमा खाजा खाने बेला बेहोस भएको भन्दै उनीसँगै रहेका साथीहरूले टीकापुर अस्पताल पुगाएका थिए । तर, चिकित्सकले मृत घोषणा गरे ।

    पन्तलाई विष खुवाएको आरोपमा तिनै साथीहरू पक्राउ परेका हुन् । उनीहरूलाई नियन्त्रणमै राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ५ २०८२ सोमवार - ०९:४३:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij