Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा परे १६ वटा संशोधन प्रस्ताव

संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा परे १६ वटा संशोधन प्रस्ताव


  • 897
    Shares

    संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा परे १६ वटा संशोधन प्रस्ताव
    images

    काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा १६ ओटा संशोधन प्रस्ताव परेका छन् ।

    राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिएको छ । 

    कुन– कुन सांसदले संशोधन हाले र के के विषयमा संशोधन हाले भन्ने विषय सोमबार मात्रै जानकारीमा आउने महाशाखाले जानकारी दिएको छ भने अहिले दर्ता भएका संशोधनलाई एकीकृत गर्ने काम भइरहेको महाशाखाले जानकारी दिएको छ ।

    प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको विधेयकमा प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको भन्दै चर्को विवाद भएको छ । 
     
    विधेयकमा कुलिङ अफ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाले कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा ७ सदस्यीय संसदीय विशेष छानबिन समिति बनाएर समितिले काम सुरु गरिसको छ । 

    समितिमा कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा ९माओवादी केन्द्र० बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् । 

    राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको व्यवस्था भन्दा फरक प्रावधान सहितको विधेयक संसदबाट पारित भएपछि चलखेल देखिएको हो । 

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १६:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij