Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा परे १६ वटा संशोधन प्रस्ताव

संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा परे १६ वटा संशोधन प्रस्ताव


  • 1.1K
    Shares

    • images
    संघीय निजामती सेवा विधेयकमा राष्ट्रियसभामा परे १६ वटा संशोधन प्रस्ताव

    काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा राष्ट्रियसभामा १६ ओटा संशोधन प्रस्ताव परेका छन् ।

    राष्ट्रियसभाको विधि व्यवस्थापन महाशाखाले ४३ सांसदले १६ संशोधन प्रस्ताव दर्ता गरेको जानकारी दिएको छ । 

    कुन– कुन सांसदले संशोधन हाले र के के विषयमा संशोधन हाले भन्ने विषय सोमबार मात्रै जानकारीमा आउने महाशाखाले जानकारी दिएको छ भने अहिले दर्ता भएका संशोधनलाई एकीकृत गर्ने काम भइरहेको महाशाखाले जानकारी दिएको छ ।

    प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा पुगेको विधेयकमा प्रतिनिधिसभाबाट पारित हुँदा कर्मचारीको कुलिङ अफ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको भन्दै चर्को विवाद भएको छ । 
     
    विधेयकमा कुलिङ अफ पिरियड व्यवस्थामा भएको गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाले कांग्रेस सांसद जीवन परियारको सभापतित्वमा ७ सदस्यीय संसदीय विशेष छानबिन समिति बनाएर समितिले काम सुरु गरिसको छ । 

    समितिमा कांग्रेसबाट सुशीला थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती र नारायण आचार्य, नेकपा ९माओवादी केन्द्र० बाट माधव सापकोटा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट गणेश पराजुली तथा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोशन कार्की सदस्य छन् । 

    राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित गरिएको व्यवस्था भन्दा फरक प्रावधान सहितको विधेयक संसदबाट पारित भएपछि चलखेल देखिएको हो । 

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १६:०६:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij