Logo

२०८२ भाद्र १२ गते बिहिवार

२०८२ भाद्र १२ गते बिहिवार

दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु

दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु


  • 820
    Shares

    दाङमा गाडीले च्यापेर एक जनाको मृत्यु
    images

    काठमाडौं । दाङ देउखुरीको लमहीमा आफ्नै गाडी पछाडि गुडेर भएर च्यापिँदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका–५ सुनखोलीका २१ वर्षीय राकेश कुमार बानियाँ रहेका वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।

    आफ्नै घर अगाडि रोकेर राखिएको लु ३ च ४८१४ नम्बरको पिकअप बोलेरो गाडीको पछाडिको चक्कामा ओट लगाएको ढुंगा हटाउने क्रममा उनी च्यापिएका थिए । आज बिहान ६ बजेतिर गाडी पछाडि गुडेर बानियालाई च्यापेको थियो ।

    टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई तत्काल लमही अस्पताल पुर्‍याइएको थियो । तर बिहान ६:४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका लमही प्रहरीले जनाएको छ ।

     

    प्रकाशित मिति :श्रावण ४ २०८२ आइतवार - १०:०८:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij