Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

सेफ्टिक टयांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु, दुई जना बेहोस

सेफ्टिक टयांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु, दुई जना बेहोस


  • 1.5K
    Shares

    • images
    सेफ्टिक टयांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु, दुई जना  बेहोस

    काठमाडौं । पाँचथरमा सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा एक जना मजदुरको मृत्यु भएको छ भने दुई जना बेहोस भएका छन् ।

    बुधबार साँझ फाल्गुनन्द गाउँपालिका–५ घुर्बिसेमा निर्माणाधीन सेफ्टिक ट्यांकीमा काम गर्ने क्रममा तीन मजदुर बेहोस भएका थिए । ती मध्ये एक मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी कौशलकुमार बुढाथोकी बताए ।

    उनका अनुसार मृत्यु हुनेमा फाल्गुनन्द गाउँपालिका–५ का ३८ वर्षीय रत्न चेम्जोङ छन् । बाँकी दुई जना सोही ठाउँका २४ वर्षीय भिष्म चेम्जोङ र ४० वर्षीय बिरु चेम्जोङको अहिले पनि उपचार जारी छ ।

    घुर्बिसे पञ्चमी सहकारी संस्थाले बनाउँदै गरेको सेफ्टिक ट्यांकीमा उनीहरू काम गरेका थिए । सेफ्टिक ट्यांकीभित्र सुरुमा एक जना मजदुर छिरको र उनी बेहासे भएपछि निकाल्न भन्दै अरू दुई जनाभित्र पसेको पाइएको डीएसपी बुढाथोकीले बताए । उनीहरू पनि बेहोस भएका थिए ।

    यो जानकारी पाउनासाथ प्रहरी चैकी फाक्तेपबाट असई शेरबहादुर राईको कमान्डमा ६ जनाको टोली घटनास्थलमा खटिएको थियो । जेसीबीको सहयोगले उनीहरूले बाहिर निकालिएको थियो । त्यसपछि उपचारका लागि इलाम अस्पताल लगिएको रत्नको मृत्यु भएको बताइएको छ ।

    प्रकाशित मिति :श्रावण १ २०८२ बिहिवार - १२:३९:५५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij