Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट

अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट


  • 1.6K
    Shares

    • images
    अमेरिकाबाट थप १९ नेपाली डिपोर्ट

    काठमाडौं । अमेरिकाबाट थप १९ जना नेपाली डिपोर्ट भएका छन् । अध्यागमन विभागका महानिर्देशक गोविन्द रिजालका अनुसार, २५  जेठमा ३७ नेपाली डिपोर्ट भएर आएयता नियमित जसो एकरदुई जना नेपाली डिपोर्ट भएर आइरहेका छन् ।

    ‘त्यसबेला चाहिँ अमेरिकाले चार्टर्ड विमानमै उनीहरुलाई पठाएको थियो’, उनले भने, ‘अहिले नियमितजसो एकरदुई जना नेपाली नियमित उडानमार्फत फर्किइरहेका छन् ।’

    उनका अनुसार, त्यसपछिको अवधिमा १९ जना डिपोर्ट भएर आइसकेको विवरण विभागसँग छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै त्यहाँको प्रशासनले कडा अध्यागमन नीति अख्तियार गरेको थियो । त्यसपछि सामान्य कसुरमा पक्राउ परेका केही व्यक्ति पनि डिपोर्ट भएका छन् ।

    नेपाल आएका अधिकांश चाहिँ तल्लो बाटो हुँदै अवैध रुपमा अमेरिका प्रवेश गर्न खोज्नेहरु छन् । विभागका अनुसार, ट्रम्प निर्वाचित भएयता मात्र अमेरिकाबाट डिपोर्ट हुनेको संख्या १९७ पुगिसकेको छ ।

    डिपोर्ट भएर आएकाहरुले आफूहरुलाई अवैध रुपमा अमेरिका पठाउने गिरोहबारे सूचना दिन्छन् कि भन्ने हिसाबले प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले विमानस्थलमै सोधपुछ गरेको थियो । तर, ३७ जनाले नै प्रहरी कहाँ कुनै किसिमको सूचना दिएनन् । बरु भोलिपल्ट आउने भन्दै राति छुटेका उनीहरुले प्रहरीलाई सम्पर्कसमेत गरेनन् ।

    ब्यूरोका एक अनुसन्धान अधिकारीका अनुसार, तल्लो बाटो हुँदै अमेरिका जान चाहनेलाई प्रायः गाउँघरका चिनजानका व्यक्तिहरूले प्रलोभनमा पारेर पठाउने गर्छन्। त्यही कारणले पीडितहरूले उजुरी गर्न नमान्ने गरेका छन्।

    प्रहरीका अनुसार, अवैध बाटोबाट अमेरिका पुग्नेहरूले बिचौलियालाई ५० लाखदेखि ९० लाख रुपैयाँसम्म बुझाएका थिए। उनीहरूलाई मध्यपूर्व, युरोप, दक्षिण अमेरिका हुँदै उत्तरी अमेरिकासम्म पुर्‍याइएको थियो।

    प्रकाशित मिति :आषाढ ३२ २०८२ बुधवार - १२:३२:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij