Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख

एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख


  • 1.3K
    Shares

    • images
    एक महिना पनि नपुग्दै फेरिए विमानस्थल अध्यागमन प्रमुख

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयको प्रमुखमा नरहरि घिमिरेलाई सरुवा गरिएको छ। खोटाङको प्रमुख जिल्ला अधिकारी रहेका घिमिरेलाई मंगलबार गृहमन्त्री रमेश लेखकले विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गर्ने निर्णय गरेका हुन्। 

    घिमिरेले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पनि काम गरेका थिए। आयोगको प्रवक्ताको जिम्मेवारी समेत घिमिरेले सम्हालेका थिए। विभानस्थल अध्यागमन कार्यालयका कर्मचारी व्यापक हेरफेर गरेको थियो।
     
    अध्यागमनका कर्मचारीको सेटिङमा भिजिट भिसामा नेपालीलाई पठाउने गरेको पाइएपछि विमानस्थल अध्यागमन कार्यालयका प्रमुख तीर्थराज भट्टराई अख्तियारको अनुसन्धानमा तानिएका छन्। 

    त्यसपछि विमानस्थलको अध्यागमन कार्यालयका कर्मचारीको सेट नै परिवर्तन गरिएको थियो। घिमिरेसरुवा भएसँगै हालै बढुवा भएकी कल्पना श्रेष्ठ खोटाङको प्रमुख जिल्ला अधिकारी बनेकी छन्।  यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन प्रमुख विष्णुप्रसाद कोइरालालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।   

    यस्तै अध्यागमन विभाग महानिर्देशक पनि हेरफेर गरिएको छ। विभागका महानिर्देशक गोविन्दप्रसाद रिजाललाई गृहमन्त्रालय सरुवा गरेर गृहमन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीलाई विभागको जिम्मेवारी दिइएको छ।  

    प्रकाशित मिति :आषाढ ३१ २०८२ मंगलवार - १७:०५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij