२०८२ भाद्र १७ गते मंगलवार
काठमाडौं । स्पेनको सेभिलामा भएको संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी बनाएर असम्बन्धित व्यक्तिलाई लैजाने गिरोहबारे छानबिन गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले समिति बनाएको छ ।
ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी उपरीक्षक रुगम कुँवरसमेत ६ जना सदस्य रहेको समिति बनाइएको हो ।
ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक चन्द्रकुवेर खापुङका अनुसार, सार्वजनिक भएका विवरणहरुबारे जाँच गर्न सीआईबी र मानव बेचबिखन अनुसन्धान ब्यूरोको संयुक्त टोलीलाई खटाउने समिति बनाइएको छ ।
यो समितिको प्रारम्भिक छानबिनपछि सीआईबीले थप कारबाही अगाडि बढाउने छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij