Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राति माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु

राति माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु


  • 2.0K
    Shares

    • images
    राति माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु

    काठमाडौं । रातको समयमा माछा मार्न गएका एक युवकको गोहीको आक्रमणबाट मृत्यु भएको छ।

    विहीबार राति ९ बजेतिर चितवनको रत्ननगर-८ चित्रसारीस्थित बुढीराप्ती खोलामा माछा मार्न गएका २७ वर्षीय अभिषेक माझीको गोहीको आक्रमणबाट मृत्यु भएको हो।

    जिल्ला प्रहरी कार्यालयका डिएसपी रवीन्द्र खनालका अनुसार चित्रसारी बस्ने अन्दाजी ४०/४५ वर्षका राजकुमार माझी र अभिषेकले माछा मारिरहेको समयमा अभिषेकलाई गोहीले तानेको थियो। सँगै गएका साथी खोलामा बेपत्ता भएपछि राजकुमारले प्रहरीलाई खबर गरेका थिए।

    खोजी गर्नेक्रममा राति सवा १ बजेतिर माछा मारेको स्थानभन्दा करिब २०० मिटर तल अभिषेकको शव फेला परेको डिएसपी खनालले जानकारी दिए।

    प्रकाशित मिति :आषाढ २० २०८२ शुक्रवार - ०६:५९:१० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij