Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा नआउँदै २ पटक संशोधन

कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा नआउँदै २ पटक संशोधन


  • 1.1K
    Shares

    कोरियामा सीपयुक्त श्रमिक पठाउने कार्यविधि कार्यान्वयनमा नआउँदै २ पटक संशोधन
    images

    काठमाडौं । दक्षिण कोरियामा सीपयुक्त श्रमिक (ई–७ भिसा) पठाउने सम्बन्धी कार्यविधि कार्यान्वयनमा नआउँदै २ पटक संशोधन भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८०’ कार्यान्वयनमा आउन नपाउँदै २ पटक संशोधन गरेको हो ।

    श्रम मन्त्रालयले २०८० फागुन १७ गते कार्यविधि स्वीकृति गरेको थियो । त्यसपछि २०८१ कात्तिक ९ गते पहिलो संशोधन गरिएको थियो । तर, कार्यान्वयनमा नआउँदै २०८२ असार ९ गते दोस्रो पटक संशोधन गरिएको हो । ई–७ भिसा प्रणालीमार्फत व्यवसायी–व्यवसायी कामदार पठाउनेगरी मन्त्रालयले कार्यविधि ल्याएको थियो । तर, कार्यान्वयनमा जान नपाउँदै दोस्रो पटक संशोधन गरिएको हो । 

    दोस्रो पटकको संशोधनमा सीपयुक्त श्रमिक भन्नाले रोजगारीको विभिन्न विधामा दक्ष र अर्धदक्ष सीप भएको नेपाली सम्झनुपर्ने भनी थप गरिएको छ । रोजगारदाता भन्नाले नेपाली श्रमिकलाई रोजगार प्रदान गर्ने गणतन्त्र कोरियास्थित रोजगारदाता कम्पनी वा व्यक्ति सम्झनुपर्ने भनी थप गरिएको छ ।

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - १०:४४:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij