Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समिति बैठक

कुलिङ पिरियड किर्तेमा हेरफेरको जिम्मा राज्य व्यवस्था समितिका सभापति र सचिवले लिनुपर्छ : थापा

कुलिङ पिरियड किर्तेमा हेरफेरको जिम्मा राज्य व्यवस्था समितिका सभापति र सचिवले लिनुपर्छ : थापा


  • 701
    Shares

    • images
    कुलिङ पिरियड किर्तेमा  हेरफेरको जिम्मा राज्य व्यवस्था समितिका सभापति र सचिवले लिनुपर्छ : थापा

    काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले लिनुपर्ने बताएका छन् ।

    राज्य व्यवस्था समितिबाट सर्वसम्मत पास भएको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदा हेरफेर गरिएको पाइएपछि यसमा प्रश्न उठिरहेको छ । यसै सन्दर्भमा एमाले सांसद थापाले फेसबुकमा लेखेका छन्, ‘समितिको प्रतिवेदनमै नरहेको ‘बाहेक’ शब्द छलछाम गरी घुसाउने को हो रु राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ ।’

    उनले यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताविहीन कार्य क्षमायोग्य हुन नसक्ने बताएका छन् । समितिबाट पास भएको विधेयक प्रतिवेदनको अंश समेत राख्दै थापाले भनेका छन्, ‘कानुन निर्माणमा विधि र प्रक्रियाविपरीतको कुशासन नै हावी देखियो। सार्वभौम संसद र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत गर्‍यो रु यो गम्भीर विषय हो ।’

    नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले संसदीय समितिबाट सर्वसम्मत पास भएको निजामती सेवा विधेयकमा अनधिकृत रुपमा परिवर्तन गराइनु घोर अपराध र सार्वभौम संसदप्रतिको अपमान भएको टिप्पणी गरेका छन् ।

    यस विषयमा राज्य व्यवस्था समितिका सदस्यहरुले आज सभामुख देवराज घिमिरेसँग पनि छलफल गरेका छन् ।

     

    प्रकाशित मिति :आषाढ १७ २०८२ मंगलवार - १०:३३:४७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij