Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

गभर्नर पौडेल बीआईएसको ९५ औँ वार्षिक बैठकमा सहभागी

गभर्नर पौडेल बीआईएसको ९५ औँ वार्षिक बैठकमा सहभागी


  • 1.1K
    Shares

    गभर्नर पौडेल बीआईएसको ९५ औँ वार्षिक बैठकमा सहभागी
    images

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले विश्वका केन्द्रीय बैंकहरूको बैंक मानिने बैंक फर इन्टरनेशनल सेटलमेन्ट (बीआईएस) को ९५ औँ वार्षिक बैठकमा सहभागी भएका छन् ।

    सन् १९३० मा स्थापित र विश्वका ६३ केन्द्रीय बैंकहरू सदस्य रहेको बीआईएसको यस वार्षिक बैठकमा विश्वभरका गभर्नर तथा वित्तीय क्षेत्रका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।  बैठकमा गभर्नर डा. पौडेलले ‘उदीयमान बजार र विकासशील अर्थतन्त्रमा वित्तीय समावेशीकरण र सीमापार भुक्तानी’ तथा ‘एआई र सुरक्षा’ जस्ता विषयक अन्तरक्रियामा सहभागिता भएका थिए ।

    बैठकका क्रममा गभर्नर डा. पौडेलले बीआईएसका महाप्रबन्धक अगस्टिन कार्सटेन्स तथा बैंकिङ विभागका प्रमुख लुइस बेङगोचा लगायतका उच्च अधिकारीहरूसँग विशेष भेटवार्ता गरेका थिए ।  नेपालको विदेशी विनिमय सञ्चितिको लगानीलाई विविधीकरण गर्ने, सुन खरिद गर्ने तथा विश्व बजारमा उपलब्ध नयाँ वित्तीय उपकरणहरूमा लगानी गरी प्रतिफल बढाउने विषयमा बीआईएससँगको सहकार्यबारे गहन छलफल भएको थियो ।

    गभर्नर पौडेलले छिमेकी राष्ट्रहरू भारत र चीनका केन्द्रीय बैंकका गभर्नरहरूसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए भने भारतीय रिजर्भ बैंकका गभर्नर सञ्जय मल्होत्रासँगको भेटमा दुई देशबीचको भुक्तानी प्रणालीलाई थप सहज बनाउने, आपसी सहकार्य अभिवृद्धि गर्ने र जनशक्तिको क्षमता विकासमा निरन्तर समन्वय गर्ने विषयमा छलफल भएको राष्ट्र बैंकले जानकारी दिएको छ । 

    त्यस्तै, पिपुल्स बैंक अफ चाइनाका गभर्नर पान गोंगशेङसँगको भेटमा बैंकिङ कारोबार र भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउन निरन्तर सहकार्य गर्ने सहमति भएको छ । उक्त सहभागिताले अन्तर्राष्ट्रिय वित्तीय मञ्चमा नेपालको उपस्थिति मात्र नभई विदेशी सञ्चिति व्यवस्थापन र भुक्तानी प्रणाली आधुनिकीकरणका लागि महत्त्वपूर्ण मार्ग प्रशस्त गरेको राष्ट्र बैंकले जानकारी दिएको छ ।

     

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १५:०९:२९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij