Logo

२०८२ भाद्र २५ गते बुधवार

२०८२ भाद्र २५ गते बुधवार

विद्यालय शिक्षा विधेयक

शिक्षा विधेयक अड्किएपछि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री

शिक्षा विधेयक अड्किएपछि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री


  • 1.2K
    Shares

    शिक्षा विधेयक अड्किएपछि देउवा भेट्न सानेपा पुगे शिक्षामन्त्री
    images

    काठमाडौं । विद्यालय शिक्षा विधेयकमा सहमति खोज्न शिक्षामन्त्री रघुजी पन्त सानेपा पुगेका छन् ।

    नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न उनी सानेपा पुगेका हुन् । ललितपुरको सानेपास्थित देउवाको कार्यकक्षमा उनीहरूबीच छलफल जारी छ ।

    शिक्षा विधेयकमा मिल्न नसकेका विषयमा सहमति जुटाउने प्रयास स्वरूप शिक्षामन्त्री पन्त देउवा भेट्न सानेपा पुगेका हुन् । नेपाल शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीचको पछिल्लो वार्ता सहमति बिनै टुंगिएको थियो ।

    शिक्षा मन्त्रालयले शिक्षकको पदपूर्तिबारे गरेको प्रस्तावमा शिक्षक महासंघका प्रतिनिधिले असहमति जनाए । मन्त्रालयले शिक्षकको पदपूर्तिबारे ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गर्ने प्रस्ताव गरेकोमा सहमति नभएपछि महासंघका प्रतिनिधि वार्ता छाडेर बाहिरिएका थिए ।

    लगत्तै शिक्षामन्त्री पन्त देउवालाई भेट्न सानेपा पुगेका हुन् । सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी छ । बैठककै बीचमा मन्त्री पन्त पुगेपछि देउवाले भेट गरिरहेका छन् । महासंघले ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रस्ताव मन्त्रालय समक्ष राखेको छ ।

    यद्यपि सो विषयमा सहमति जुट्न सकेको छैन । हिजै समितिबाट पारित हुने भनेपनि केही विषयमा सहमति जुट्न नसक्दा समितिबाट विधेयक पास भएको छैन । विद्येयक पारित गराउन भन्दै शिक्षक महासंघका नेता कार्यकर्ताहरूले दबाब बढाएका छन् ।

    प्रकाशित मिति :आषाढ १६ २०८२ सोमवार - १४:४५:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij