२०८२ भाद्र २५ गते बुधवार
काठमाडौँ । देशभर मनसुन सक्रिय रहँदा देशका विभिन्न पहाडी भू-भागमा मध्यमदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार, मनसुनको न्यून चापीय रेखा पश्चिम नेपाल नजिक रहेकाले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।
त्यस्तै राति कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
यसै सन्दर्भमा, नेपाल प्रहरीले विपद्को समयमा तत्काल उद्धार तथा सहायताका लागि आपत्कालीन सम्पर्क नम्बरहरू सार्वजनिक गरेको छ । कुनै पनि आपत्कालीन अवस्थामा नागरिकले यी नम्बरहरूमा सम्पर्क गरी सहयोग माग्न सक्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
विपद् उद्धारका लागि प्रहरीका प्रदेशस्तरीय आपत्कालीन सम्पर्क नम्बरहरू
कोशी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, चन्द्रगढी, झापा - ९८५२६७७७९९
मधेश प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, वीरगञ्ज, पर्सा - ९८५५०२६९४५
बागमती प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, मकवानपुर, हेटौंडा - ९८५५०३९२५०
गण्डकी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, रुद्रपिपल, बाग्लुङ - ९८५७६९५३४५
लुम्बिनी प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, तुलसीपुर, दाङ - ९८५७८५०४००
कर्णाली प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, चन्दननाथ, जुम्ला - ९८५८३९००१०
सुदूरपश्चिम प्रदेश: प्रहरी विपद् व्यवस्थापन गुल्म, महेन्द्रनगर, कञ्चनपुर - ९८५८८८७३३६
नेपाल प्रहरी विपद् व्यवस्थापन कार्यालय: सामाखुशी, काठमाडौं - ९८५१२८३६१०
अन्य आपत्कालीन नम्बरहरू
माथि उल्लिखित नम्बरहरूका साथै कुनै पनि विपद् वा आपत्कालीन अवस्थामा प्रहरीको हटलाइन १००, ट्राफिक प्रहरीको १०३, बालबालिका खोजतलास समन्वय केन्द्रको १०८ र प्रहरी सम्बन्धी गुनासोका लागि १११३ मा समेत सम्पर्क गर्न सकिनेछ ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij