Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

काठमाडौँ अदालतबाट भागेका थुनुवा बालाजु बसपार्कबाट पक्राउ

काठमाडौँ अदालतबाट भागेका थुनुवा बालाजु बसपार्कबाट पक्राउ


  • 2.1K
    Shares

    • images
    काठमाडौँ अदालतबाट भागेका थुनुवा बालाजु बसपार्कबाट पक्राउ

    काठमाडौं । काठमाडौँ अदालतबाट भागेका थुनुवा गंगबुबाट पक्राउ परेका छन्।  

    आइतबार थुनछेक बहसका लागि लगिएका चोरी मुद्दाका आरोपित अदालतको शौचालयबाट फरार भएका थिए। काठमाडौँ प्रहरी प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार उनी हतकडीसहित बालाजु बसपार्कबाट फेरि पक्राउ गरिएको हो। 

    अदालतको शौचालयबाट भाग्ने व्यक्ति रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका- १ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही फरार थिए। २०८२ जेठ २० गते पक्राउ परेका शाहीलाई प्रहरी वृत्त लैनचौरको हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ।

    उनलाई आइतबार म्याद थपका लागि प्रहरी हवल्दार चक्रबहादुर रोकायाको कमाण्डमा २ जनाको जिम्मामा थुनछेक बहसका लागि लगिएको थियो। तर ४ नम्बर इजलासमा थुनछेक बहस चलिरहँदा प्रहरी जवान छविराज रेग्मीको साथमा शौचालय गएका उनी हतकडीसहित फरार भएका थिए। 

    प्रकाशित मिति :आषाढ १५ २०८२ आइतवार - १६:४९:२१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij