२०८२ भाद्र २६ गते बिहिवार
काठमाडौं । काठमाडौं जिल्ला अदालतबाठ हत्कडीसहित एक थुनुवा फरार भएका छन् ।
फरार हुनेमा पश्चिम रूकुमको बाँफिकोट गाउँपालिका–१ घर भए काठमाडौं गोंगबु बस्ने २१ वर्षीय दशरथ शाही रहेका छन् ।
थुनछेक बहसका लागि आइतबार अदालत उपस्थित गराउने क्रममा उनी अदालतबाटै फरार भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपील राज बोहराले बताएका छन् ।
शाही चोरी कसुरमा पक्राउ परेका थिए । प्रहरी वृत सोह्रखुट्टेमा रहेका शाहीलाई आज आइतबार अदालतमा उपस्थित गराइएको थियो ।
इजलासमा थुनछेक बहस भइरहेका बेला पिसाब लाग्यो भन्दै ट्वाइलेट जाने निहुँमा हत्कडीसहित फरार भएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij