२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा देखिएको अवरोध हटाउन ५ दलका प्रमुख सचेतकसँग छलफल गरिरहेका छन् ।
सभामुख घिमिरेले नेपाली कांग्रेसका सचेतक सुशीला थिङ, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरिरहेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङको छानबिन माग गर्दै प्रतिपक्षी दुई दलले प्रतिनिधिसभामा जेठ १३ गतेदेखि अवरोध गर्दै आएका छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij