Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

चट्याङ लागेर ६ वर्षीया बालिकाको मृत्यु, ४ जना घाइते

चट्याङ लागेर ६ वर्षीया बालिकाको मृत्यु, ४ जना घाइते


  • 1.7K
    Shares

    • images
    चट्याङ लागेर ६ वर्षीया बालिकाको मृत्यु, ४ जना घाइते

    मकवानपुरको राक्सिराङ गाउँपालिकामा चट्याङ लागेर एक बालिकाको ज्यान गएको छ भने चार जना घाइते भएका छन्।

    शुक्रबार साँझ करिब ६ बजेतिर परेको चट्याङले राक्सिराङ–८ माइसिराङकी ६ वर्षीया अनिका प्रजाको घटनास्थलमै ज्यान गएको हो। 

    आमा र छोरी खाना खान घरको पिँढीमा निस्कँदै गर्दा घटना भएको हो। 

    चट्याङ लागेर अनिसाकी आमा २५ वर्षीया रबिना प्रजा पनि गम्भीर घाइते भएकी छन्। उनको देब्रे खुट्टा नचल्ने अवस्थामा रहेकाले थप उपचारका लागि हेटौँडा अस्पताल रिफर गरिएको इलाका प्रहरी कार्यालय मनहरीका प्रमुख डीएसपी विशाल सापकोटाले जानकारी दिए।

    हिजो साँझै चट्याङ लागेर राक्सिराङ–९ चोराङ्गमा पनि तीन जना घाइते भएका छन्। घाइतेहरूको परिचय खुल्न बाँकी छ। थप विवरण संकलन भैरहेको मनहरी प्रहरीले जनाएको छ।

    प्रकाशित मिति :आषाढ १४ २०८२ शनिवार - ०९:०९:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij