२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–५ कोलगाउँमा १६ वर्षीया निशा तामाङको हत्यामा संलग्न ५ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । निशा असार ११ मा घरबाट करिब ४ सय मिटर पर जङ्गलमा मृत भेटिएकी थिइन् ।
हत्यामा संलग्न आरोपमा पक्राउ पर्नेमा पक्राउ पर्नेमा भोटेकोसी गाउँपालिका–५ मार्मिङ घर भएका २१ वर्षीय निमा तेन्जिङ तामाङ, २२ वर्षीय वाङनिमा तामाङ, ३२ वर्षीय नामग्याल शेर्पा, २० वर्षीय दावा तामाङ र २२ वर्षीय लाक्पा पासाङ तामाङ छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पत्रकार सम्मेलन गरेर आरोपीहरूलाई सार्वजनिक गरेको छ । आरोपीहरूले असार १० मा बलात्कारपछि किशोरीको हत्या गरेको अनुसन्धानबाट थाहा भएको सिन्धुपाल्चोकका एसपी रामेश्वर कार्कीले बताए । असार ११ मा उनको शव भेटिएको हो ।
उनको शव त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टम गरिएको छ । आरोपीहरू विरुद्ध सिन्धुपाल्चोक जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर अनुसन्धान थालिएको एसपी कार्कीले जानकारी दिए ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij