Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

पत्रकार शम्भु श्रेष्ठ र एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँका दरले धरौटी माग

पत्रकार शम्भु श्रेष्ठ र एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँका दरले धरौटी माग


  • 2.2K
    Shares

    पत्रकार शम्भु श्रेष्ठ र एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँका दरले धरौटी माग

    काठमाडौं । विशेष अदालतले दृष्टि साप्ताहिकका सम्पादक शम्भुलाल श्रेष्ठ र दृष्टि न्युज  डट कमका सम्पादक एमपी सुब्बासँग जनही २५ हजार रुपैयाँका दरले धरौटी माग गरेको छ। अदालतको अवहेलना मुद्दामा उनीहरूसँग यो धरौटी रकम माग गरिएको हो।  आजै उनीहरूको बयान भएको थियो। 

    विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यहरू तेजनारायण सिंह राई, रामबहादुर थापा, मुरारीबाबु श्रेष्ठ, रितेन्द्र थापा, विदुर कोइराला सम्मिलित इजलासले यो आदेश दिएको हो।

    यसअघि अदालतले दृष्टि न्युज अनलाइनमा रहेको समाचार नहटाउन र परिमार्जन नगर्न भनेको थियो।   

    अदालतले श्रेष्ठले उल्लेख गरेका साक्षीलाई असार १५ गते बिहान १० बजे बकपत्रको निम्ति उपस्थित गराउनू र अदालतमा आफैँ तारिखमा उपस्थित हुनु भनी विपक्षीलाई तारिख तोकी साक्षीको बकपत्रको लागि पेस गर्न पनि भनेको छ। 

    त्यस्तै अदालतको सहयोगी (एमिकस क्युरी)को रुपमा तीनजना कानुन व्यवसायीसमेतलाई तोक्न बार एसोसियसनलाई तोक्न पनि अदालतले आदेश गरेको छ। 

    images
    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - १८:५७:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij