२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भोलिबाट काठमाडौंमा तीन दिने नेपाल म्याङ्गो फेस्ट- २०२५ हुने भएको छ । फेस्टिभलमा नेपाली स्वाद, रङ र आँप संस्कृतिको विकासको लागि फेस्टिभल गर्न लागेको आयोजकले जानकारी दिएको छ ।
तराई मधेसमा उत्पादन गरिएका नेपाली आँपहरूको विविधता, स्वाद र मूल्य शृङ्खला प्रवर्धन गर्न फेस्ट हुन लागेको आयोजक काठमाडौं अर्गानिक्सले जनाएको छ ।
वालनट बिस्ट्रो, लाजिम्पाटमा आयोजना हुने उद्घाटन समारोहमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारी प्रमुख अतिथिका रूपमा सहभागी हुने भएका छन् । फेस्टिभलको मुख्य उद्देश्य नेपाली आँपको पहिचान फैलाउने, स्थानीय कृषकहरूको मूल्य शृङ्खला मजबुत बनाउने र प्राकृतिक, विषादीरहित उत्पादनप्रति उपभोक्ताको पहुँच बढाउने रहेको बताइएको छ ।
म्याङ्गो फेस्टमा १० भन्दा बढी प्रजातिका आँपहरू प्रदर्शनीमा राखिने छ भने ५ भन्दा बढी प्रजातिका आँपहरू प्रत्यक्ष किसानबाट किनमेल गर्न मिल्ने व्यवस्था रहेको छ ।
माल्दा, दशहरी, जरदा, किसानबोग, कलकत्तिया लगायताका २० भन्दा बढी आँप किन्न पाइन्छ भने आँप समावेश गरिएका परिकारहरू र पेय पदार्थहरू हुने छन् ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij