Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

आज यी नदीमा पानीको सतह बढ्ने, सतर्कता अपनाउन पूर्वानुमान महाशाखाको आग्रह

आज यी नदीमा पानीको सतह बढ्ने, सतर्कता अपनाउन पूर्वानुमान महाशाखाको आग्रह


  • 1.6K
    Shares

    आज यी नदीमा पानीको सतह बढ्ने, सतर्कता अपनाउन पूर्वानुमान महाशाखाको आग्रह

    काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका अधिकांश प्रमुख नदीहरूको जलसतह बढ्ने जनाएको छ। आज बिहानको मापनअनुसार कोशी, नारायणी, कर्णालीलगायतका नदीहरूको बहाव सामान्य र सतर्कता तहभन्दा तलै रहे पनि अब बढ्ने क्रममा रहेको महाशाखाले उल्लेख गरेको छ।

    महाशाखाले जारी गरेको बुलेटिनअनुसार, आज पश्चिम सेती (दिपायल) र बागमती (पधेरादोभान) मा पानीको बहाव उल्लेख्य बढ्नेछ। कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, पूर्वी राप्ती र बबईका अधिकांश मापन केन्द्रमा भने बहाव सामान्य रूपमा बढ्ने पूर्वानुमान छ।

    भोलि (असार १३ गते) भने धेरै नदीमा बहाव उल्लेख्य बढ्ने देखिन्छ। महाशाखाका अनुसार भोलि दुधकोशी, त्रिशूली, बुढीगण्डकी, मर्स्याङ्दी, सेती (दमौली), कालिगण्डकी, पश्चिम सेती, महाकाली, कन्काई, बागमती र पश्चिम राप्ती नदीमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान गरिएको छ। 

    महाशाखाले ससाना नदीहरूमा आकस्मिक बाढीको जोखिम औँल्याएको छ। आज मकवानपुर, काभ्रेपलाञ्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर जिल्ला भई बहने ससाना नदीहरूमा आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ। साथै झापा, इलाम, मोरङ, ताप्लेजुङदेखि कञ्चनपुरसम्मका विभिन्न पहाडी जिल्लाका साना नदीमा बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम रहेको जनाइएको छ।

    भोलि र पर्सी कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ससाना नदीहरूमा बहाव आकस्मिक रूपमा बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सावधानी अपनाउन आग्रह गरिएको छ। महाशाखाले नदीतटीय क्षेत्र तथा बाढीको जोखिम भएका अन्य स्थानका बासिन्दालाई आगामी तीन दिनसम्म उच्च सतर्कता अपनाउन, आवश्यक पूर्वतयारी गर्न अनुरोध गरेको छ।

    511285746_122181166094355476_3388989858683549330_n_WaSiPeXTRL.jpg

    images
    प्रकाशित मिति :आषाढ १२ २०८२ बिहिवार - ०८:००:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij