Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै

त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै


  • 1.3K
    Shares

    • images
    त्रिशूलीमा हाम फालेर महिला बेपत्ता, खोजी हुँदै

    काठमाडौं । धादिङमा एक जना महिलाले त्रिशूली नदीमा हाम फालेकी छन् ।

    गल्छी गाउँपालिका–१ की ५६ वर्षीया साइली गिरीले सोही ठाउँको छाङगेश्वर मन्दिर नजिकैको त्रिशूली नदीमा हाम फालेकी हुन् । बुधबार बिहान ९ बजे हाम फालेकी गिरीको खोजी कार्य सुरु गरिएको सशस्त्र प्रहरीका सह प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताए ।

    महिलाको खोजीका लागि सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन बेश आदमघाटबाट नायव निरीक्षक वीरेन्द्रकुमार मण्डलको कमाण्डाम विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज परिचालित गरिएको सहप्रवक्ता थापाले जानकारी दिए ।

    प्रकाशित मिति :आषाढ ११ २०८२ बुधवार - १०:३६:५८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij