२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले दुधको साक्षी बिरालो राखेर समस्याको समाधान नहुने बताएका छन् ।
भिजिट भिसा प्रकरणमा सरकारले बनाएको छानबिन समितिको राप्रपाले विरोध गरेको छ ।
सचेतक शाहीले १८ वर्षमा १४ जना गृहमन्त्री भएको बताउँदै सबैलाई अनुसन्धानको घेरामा ल्याउनुपर्नेमा आरोपीलाई चोख्याउने हिसाबले समिति बनेको बताएका छन् ।
उनले ‘दुधको साक्षी बिरालो राखेर’ समस्याको समाधान हुन नसक्ने जिकिर समेत गरेका भने जसको विरुद्धमा छानबिन हुनुपर्ने हो उनीहरूले नै कर्मचारीलाई राखेर गरिने छानबिन समितिले विधिको शासन स्थापना नगर्ने उनको भनाइ रहेको थियो ।
उनले सरकारले बनाएको छानबिन समिति अपराधको ढाकछोप गर्ने र भिजिट भिसा प्रकरणमा संलग्न भएका १४ जना गृहमन्त्रीहरूलाई उन्मुक्ति दिन ल्याइएको नयाँ प्रोपोगाण्डा भएको जिकिर गरेका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शंकरदास बैरागीको नेतृत्वमा भिजिट भिसा प्रकरणमा छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij