Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

करेन्ट लागेरदश खच्चर मरे

करेन्ट लागेरदश खच्चर मरे


  • 1.7K
    Shares

    • images
    करेन्ट लागेरदश खच्चर मरे

    काठमाडौं । मुगु – मुगुको छायाँनाथ रारा नगरपालिका–११ कुसा टाउमा करेन्ट लागेर दश खच्चर मरेका छन् ।

    जिल्ला सदरमुकाम गमगढीबाट सामान लिएर मुगुम कार्मारोङ गाउँपालिका जाँदै गरेका खच्चरलाई नेपाल विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रको ट्रान्समिटरबाट विद्युत् चुहावट हुँदा करेन्ट लागेको हो ।

    प्राधिकरणले कम क्षमताको ट्रान्समिटर राख्दा र विद्युत‍्को अर्थिङ सुरक्षित नबनाउँदा हिजो दिउँसो खच्चरलाई करेन्ट लागेको खच्चड धनी छायाँनाथ–१ का स्थानीय कन्नबहादुर मल्लले गुनासो गर्नुभयो । उहाँले खच्चरको क्षतिपूर्ति दिन प्राधिकरणसँग माग गर्नुभएको छ ।

    विद्युत् प्राधिकरण गमगाढ वितरण केन्द्रले वितरण गरेको विद्युत् सेवा व्यवस्थित र सुरक्षित नबनाउँदा यहाँ दिनहुँ सास्ती भोग्नुपरेको स्थानीयवासीको भनाइ छ ।

     

    प्रकाशित मिति :आषाढ ९ २०८२ सोमवार - ११:४९:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij