Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

ग्वार्कोको ओभर पास सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

ग्वार्कोको ओभर पास सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन


  • 1.8K
    Shares

    • images
    ग्वार्कोको ओभर पास सञ्चालनमा, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

    काठमाडौं । काठमाडौं उपत्यकाको व्यस्त सडक ललितपुरस्थित ग्वार्को चोकमा बनेको ‘ओभरपास’ को उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार एक समारोहबिच ‘ओभरपास’ को उद्घाटन गरेका हुन् । 

    चक्रपथमा सवारी आवागमनको अत्यधिक चापलाई व्यवस्थापन गर्न सरकारले ग्वार्को चोकमा ओभरपास निर्माण गरेको हो । चक्रपथ विस्तार आयोजनाअन्तर्गत विस्तारित सडक खण्डमा कोटेश्वरदेखि कलङ्कीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको हो । 

    ६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारी साधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्‍याम्प निर्माण भएको छ ।

    प्रकाशित मिति :आषाढ ६ २०८२ शुक्रवार - १५:४५:३६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij