२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सुरु भएको छ । प्रतिनिधिसभा नियमावली २०७९ को परिच्छेद ९ बमोजिम बैठकमा सांसदहरुले प्रधानमन्त्रीसँग सवालजवाफ गर्नेछन् ।
सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए । तर रास्वपाले अवरोध जारी रहने जानकारी गराएको छ ।
रास्वपा प्रमुख सचेतक सन्तोष परियारलाई शुक्रबार बिहान संसद भवन नयाँ बानेश्वरस्थित कार्यकक्षमा बोलाएर सभामुखले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम प्रभावित नगर्न आग्रह गरेका थिए ।
प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्ने कार्य शोभनीय नहुने बताउँदै विरोधको स्वरुप बदल्न आग्रह गरेका थिए । जवाफमा परियारले रास्वपाले विरोध जारी राख्ने बताए ।
शुक्रबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभा बैठक अझै सुरु हुन सकेको छैन । सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुने पहिलो नम्बरमा राखिएको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij