२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । कैलालीको गौरीगङ्गा नगरपालिका-७ स्थित कैलाशपुरमा आज बिहान १९ वर्षकी सुत्केरी मृत फेला परेकी छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहका अनुसार स्थानीय तुलसी नाथ घरनजिकै मृत फेला परेकी हुन्।घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।
घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक रणबहादुर चन्दले नाथ घरको मूलद्वारअगाडि नालामा मृत भेटिएको जानकारी दिएका छन्।
उनले जन्माएको १६ दिनको नवजात शिशु (छोरा) भने जीवितै भेटिएको प्रहरी नायब उपरीक्षक चन्दले बताए
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij