Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

प्रमुख तीन दलको बैठक स्थगित

प्रमुख तीन दलको बैठक स्थगित


  • 1.4K
    Shares

    • images
    प्रमुख तीन दलको बैठक स्थगित

    काठमाडौं । शीर्ष नेताको बैठक स्थगित भएको छ। दिउँसो २ बजेका लागि तय भएको प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बैठक स्थगित भएको हो। 

    प्रचण्डका प्रमुख स्वकीय सचिव गोविन्द आचार्यले आजको बैठक स्थगित भएको सूचना आएको जानकारी दिए।  यता प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले पनि आजको बैठक स्थगित भएको जानकारी दिए। बैठक स्थगित भयो उनले भने।

    यसअघि प्रधानमन्त्री ओलीले बुधबारका लागि बैठक डाकेका थिए। बुधबार प्रचण्ड काठमाडौंबाहिर भएकोले बैठक स्थगित भएको थियो। आज प्रचण्ड काठमाडौं आइसकेपछि बैठक बस्ने भनिएको समय घर्किसकेपछि प्रधानमन्त्रीले बैठक स्थगित गरेका हुन्। 

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - १४:४३:१९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij