Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ पक्राउ

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ पक्राउ


  • 2.0K
    Shares

    • images
    इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ पक्राउ

     काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–७ बस्ने दाङ घोराही उपमहानगरपालिका–१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका–३ बस्ने गोरखा धार्चे गाउँपालिका–५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् ।

    प्रहरीका अनुसार पक्राउमध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितबाट ४ लाख रूपैयाँ लिएका थिए । त्यसपछि दुवैजना फरार भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए ।

    पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका–७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका–२६ बाट मंगलबार पक्राउ गरेको हो ।

    उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

    प्रकाशित मिति :आषाढ ५ २०८२ बिहिवार - ११:५९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij