Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिका लागि आवेदन माग

स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिका लागि आवेदन माग

  • 960
    Shares

    • images
    स्वास्थ्य विज्ञान प्रतिष्ठानहरुमा उपकुलपति नियुक्तिका लागि आवेदन माग

    काठमाडौं । सरकारले रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन माग गरेको छ। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो। हाल कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिविहिन छन। 

    उपकुलपतिमा आवेदन दिने उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरिएको छ। प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयार पारिएको व्यवसायिक कार्ययोजना समेत शिलबन्दी गरेर बुझाउन भनिएको छ। 

    कर्णालीको उपकुलपतिका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशात्र विषयमा स्नातकोत्तर, सहप्रध्यापक वा मन्त्रालयमा दशौँ तहका काम गरेको हुनुपर्ने छ। त्यस्तै अन्य प्रतिष्ठानका हकमा चिकित्साशात्र विषयमा स्नातकोत्तर, प्रध्यापक वा मन्त्रालयमा एघारौँ तहमा काम गरेको हुनुपर्नेछ। सरकारले रिक्त रहेका ४ स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपति नियुक्तिका लागि आवेदन माग गरेको छ। 

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत रहेको सिफारिस समितिको सचिवालयले बुधबार सार्वजनिक सूचना प्रकाशित गर्दै इच्छुक योग्य उम्मेदवारहरूलाई आवेदन दिन आह्वान गरेको हो। हाल कर्णाली, बीपी कोइराला, पाटन र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान उपकुलपतिविहिन छन। 

    उपकुलपतिमा आवेदन दिने उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजातसहित आवेदन पेस गर्न आग्रह गरिएको छ। प्रतिष्ठानलाई प्रभावकारी रुपमा सञ्चालन गर्न तयार पारिएको व्यवसायिक कार्ययोजना समेत शिलबन्दी गरेर बुझाउन भनिएको छ। 

    कर्णालीको उपकुलपतिका लागि मान्यताप्राप्त शिक्षण संस्थाबाट चिकित्साशात्र विषयमा स्नातकोत्तर, सहप्रध्यापक वा मन्त्रालयमा दशौँ तहका काम गरेको हुनुपर्ने छ। त्यस्तै अन्य प्रतिष्ठानका हकमा चिकित्साशात्र विषयमा स्नातकोत्तर, प्रध्यापक वा मन्त्रालयमा एघारौँ तहमा काम गरेको हुनुपर्नेछ। 

    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - १२:३७:१३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij