Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

समाचार हटाउने आदेशविरुद्ध आज दर्जन बढी वकिलले बहस गर्दै

समाचार हटाउने आदेशविरुद्ध आज दर्जन बढी वकिलले बहस गर्दै


  • 1.6K
    Shares

    समाचार हटाउने आदेशविरुद्ध आज दर्जन बढी वकिलले बहस गर्दै

    काठमाडौं । नेपाल खबर र बिजमाण्डु अनलाइनमा प्रकाशित समाचार मेट्न जिल्ला अदालत काठमाडौँले गरेको आदेशविरुद्ध आज दर्जन बढी अधिवक्ताहरूले बहस गर्दैछन् ।

    नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोषनारायण श्रेष्ठको निषेधाज्ञा निवेदनमाथि सुनुवाइ गर्दै  गत जेठ २७ गते न्यायाधीश पीताम्बर शर्माको एकल इजलासले दुई अनलाइनमा प्रकाशित समाचार मेट्न आदेश दिएको थियो । 

    सोही दिन अन्तरिम आदेशका लागि असार ४ गते पेसी तोकी दुवै पक्षलाई बोलाइएको थियो । अनलाइनहरूले जलविद्युत् कम्पनीका आईपीओ स्वीकृतिका लागि श्रेष्ठले प्रतिशत नै तोकेर कमिसन मागेको समाचार प्रकाशित गरेका थिए ।  अदालतले विपक्षीहरूलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न भनेकोमा अनलाइनहरूले समाचार लेख्ने अधिकारको प्रतिरक्षा गर्दै जवाफ पेस गरिसकेका छन् । 

    आज नेपाल बार एसोसिएसनका अध्यक्ष विजय मिश्र र महासचिव केदार सिटौला, कानुन व्यवसायीहरू शम्भु थापा, दिनेश त्रिपाठी, टीकाराम भट्टराई, हर्कबहादुर  रावल, ओमप्रकाश अर्याल, विकास भट्टराई, कपिलदेव ढकाल, चन्द्रप्रसाद भुसाल, राधिका खतिवडा, अम्बिका वस्ती, पुन्देवी महर्जनलगायतले बहस गर्न लागेका हुन् ।   

     

    images
    प्रकाशित मिति :आषाढ ४ २०८२ बुधवार - ११:२७:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij