२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । परिवारसँग जामाचो हाइकिङ गएर फर्कने क्रममा जेठ ३१ देखि हराएका एक जना बालकको नेपाली सेनाले उद्धार गरेको छ ।
बालकको सकुशल उद्धार गरिएको नेपाली सेनाले जनाएको छ । गोङ्गबु गणेशथानका १३ वर्षीय बालकलाई नागार्जुनस्थित भैरवीदल गणबाट खटिएको टोलीले भिरबाट ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको नेपाली सेनाले जनाएको छ।
सेनाका अनुसार, बालक हराएको सूचना पाए लगत्तै नागार्जुनस्थित भैरवीदल गणबाट खोज तथा उद्धार टोली परिचालन गरिएको थियो। खोजतलासका क्रममा टोलीले बालकलाई भिरबाट करिब ६०० मिटर तल घाइते अवस्थामा फेला पारेको थियो।
उद्धार टोलीले तत्काल घटनास्थलमै बालकलाई प्राथमिक उपचार गरी थप उपचारका लागि काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर पठाउन सहयोग गरेको सेनाले जानकारी दिएको छ। उनको हाल राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij