Logo

२०८३ बैशाख १७ गते बिहिवार

२०८३ बैशाख १७ गते बिहिवार

सभामुख–प्रमुख सचेतक छलफल

सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफलमा

सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफलमा


  • 1.8K
    Shares

    सभामुख घिमिरे प्रमुख सचेतकहरूसँग छलफलमा

    काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभामा प्रतिपक्षी दलहरू राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले गरिरहेको विरोधमा सहमति जुटाउन अहिले प्रमुख सचेतकहरूसँग छलफल गरिरहेका छन् । 

    सभामुख घिमिरेले नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे, नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौला, नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीसँग छलफल गरिरहेका हुन् । 

    छलफलमा उपसभामुख इन्दिरा रानामगर पनि सहभागी छिन् ।  राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने, छानबिनका लागि संसदीय छानबिन समिति वा न्यायिक आयोग बनाउनु पर्ने माग राखेर सदनमा विरोध गरिरहेका छन् । उनीहरूको विरोधका बिच सभामुख घिमिरेले शुक्रबार र आइतबार सदन सञ्चालन गरेका थिए ।

    images
    प्रकाशित मिति :आषाढ २ २०८२ सोमवार - १०:५७:४४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij