२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । आज बसेको प्रतिनिधिसभाको बैठकमा ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस भएन ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले विधेयक पेस गर्ने कार्यसूचनी भए पनि अन्तिममा सभामुख देवराज घिमिरेले कार्यसूचीमा सामान्य हेरफेर गर्दै निजामती कर्मचारीसम्बन्धी विधेयक पेस गर्ने कार्यसूची परिवर्तन गरेको बताएका छन् ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ भन्ने प्रस्तव पेस गरिरहेका छन् । सभामा राष्ट्रिय स्वतन्त्र पार्टीले नाराबाजी गरिरहेको छ ।
जेठ १४ गतेको बैठकमा नै पेस गर्ने तयारी गरिएको निजामती विधेयक विपक्षी दलहरूले बैठक चल्न नदिएपछि रोकिएको थियो ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij