२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । लुम्बिनी प्रदेशसभाको बैठक २ घण्टा पछि सरेको छ । लुम्बिनी प्रदेशसभाको आज दिउँसो ३ बजे बस्ने भनिएको भए पनि बैठक २ घण्टा पछाडि सारिएको छ ।
३ बजे बस्ने भनिएको बैठक विशेष कारणवश साँझ ५ बजेका लागि तय भएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ ।
सचिवालयले एक सूचना जारी गर्दै बैठक ५ बजे बस्ने जानकारी दिएको हो । आजको प्रदेशसभा बैठकमा सरकारले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij