२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । नवलपरासी पूर्वको देवचुली नगरपालिका(३ आम्बासका एक वृद्धले आफ्नी वृद्धा पत्नीको हत्या गरेका छन्।
९० वर्षीय दिलबहादुर थापाले ७६ वर्षीया श्रीमती जमुना थापाको हत्या गरेका जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
टाउकोमा फलामको रडले प्रहार गरी पत्नीको हत्या गरेको आरोपमा प्रहरीले थापालाई पक्राउ गरेको छ। उनीहरुबीच घरायसी विवाद हुँदा हत्याको घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी मधु नेपालले जानकारी दिए।
पतिले फलामको रड टाउकोमा प्रहार गर्दा उनको घटनास्थलमै मृत्यु भएको हो।
पत्नीको हत्यापछि फरार भएका थापालाई प्रहरीले खोजीका क्रममा पक्राउ गरेको हो। उनले पत्नीको हत्या गरेको स्वीकारेका डीएसपी नेपालले बताए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij