Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

अनेरास्ववियुका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, को-को भिड्दैछन् पदाधिकारीमा ?

अनेरास्ववियुका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, को-को भिड्दैछन् पदाधिकारीमा ?


  • 2.8K
    Shares

    • images
    अनेरास्ववियुका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन, को-को भिड्दैछन् पदाधिकारीमा ?

    काठमाडाैँ । नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको चार दिनयता जारी २४ औँ महाधिवेशनमा उम्मेदवारहरूको अन्तिम नामावली सुची प्रकाशन भएको छ । निर्वाचन कमिटीले बुधबार राति उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरेको हो । 

    सार्वजनिक उम्मेदवारको अन्तिम नामावलीअनुसार  अध्यक्षका लागि डा.सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी कायम भएको छ । त्यसैगरी दुई उपाध्यक्षका लागि ८ जनाको उम्मेदवारी रहेको छ ।

    महिला उपाध्यक्षमा अन्जना सिवाकोटी, आरती भट्टराई, भवानी बजगाईँ र सुजिता धितालको उम्मेदवारी पर्दा खुलातर्फ गणेशबहादुर शाही, भरतसिंह धामी, राजकुमार ढकाल, र विकास श्रेष्ठले उम्मेदवारी दिएका छन् । महासचिवमा ३ जनाको उम्मेदवारी कायम भएको छ ।

    महासचिवमा आरके रोमस, दिपक धामी, सुनिल कँडेलको उम्मेदवारी छ । उपमहासचिवमा ३ जनाको उम्मेदवारी पर्दा चार सचिव पदका लागि ३५ जनाको उम्मेदवारी रहेको छ । निर्वाचन कमिटीले नयाँ नेतृत्वका लागि बिहीबार बिहान ८ बजेबाट मतदान हुने कार्यतालिका सार्वजनिक गरिसकेको छ । सहमतिबाट नेतृत्व चयनको प्रयास असफल बनेपछि मतदानको विकल्प रोजिएको हो ।


    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - २०:३४:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij