Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

समाचार

पत्रकार दिलभूषण पाठकको घरमा पुग्यो प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग

पत्रकार दिलभूषण पाठकको घरमा पुग्यो प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग


  • 2.4K
    Shares

    • images
    पत्रकार दिलभूषण पाठकको घरमा पुग्यो प्रहरी, प्रेस काउन्सिल र पत्रकार महासंघसँग मागे सहयोग

    काठमाडौं । पत्रकार दिलभूषण पाठकलाई खोज्दै प्रहरी उनको घरमा पुगेको छ। पाठकविरूद्ध काठमाडौं जिल्ला अदालतबाट नेपाल प्रहरीको साइबर ब्युरोले पक्राउ पुर्जी लिएको थियो।

    प्रहरीहरू पाठकलाई खोज्दै बुधबार दिउँसो उनको घर धुम्बाराही पुगेको उनीनिकट एक पत्रकारले  जानकारी दिए।

    पत्रकार पाठक भने प्रहरीको सम्पर्कमा छैनन्, उनको मोबाइल पनि स्वीच अफ छ। प्रहरी स्रोतले पनि पाठकको घरमा टोली पुगेको पुष्टि गरेको छ। यसैबीच उनले नेपाल पत्रकार महासंघ र प्रेस काउन्सिलसँग सहयोग माग्दै ध्यानाकर्षण पत्र बुझाएका छन्।

    पत्रकार पाठकले ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानल चलाउँछन्। त्यस च्यानलमा तीन साताअघि प्रसारित एक सामग्रीलाई लिएर नेपाल प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा उजुरी परेको थियो।

    ‘मैले प्रशारण गरेको सामग्रीका विषयमा कुनै असहमति, गुनासो वा फरक मत भएमा सबैभन्दा पहिला मसँग अनि त्यसमा पनि चित्त नबुझेमा प्रेस काउन्सिलमा उजुरी गर्नुपर्ने र त्यसमाथि प्रेस काउन्सिलले नै अनुसन्धान तथा छानबिन गर्नुपर्ने कानुनी व्यवस्था रहँदा रहँदै किन विद्युतीय अपराध ऐन आकर्षित गर्न खोजियो र फौजदारी कानुनमार्फत कारबाही गर्न खोजियो भन्ने कुराले गम्भीर आशंका उब्जाएको छ,’ पाठकले दुवै संस्थालाई एकै ब्यहोराको पत्र पठाउँदै भनेका छन्, ‘त्यसमाथि सम्बन्धित अधिकारीहरूले उजुरी र आरोपका बारेमा कुनै जानकारी नदिने एकैचोटी बलपूर्वक पक्राउ गर्न खोजिनुले आशंकासँगै अनेकन प्रश्न उब्जाएको छ। तसर्थ, अहिलेसम्म औपचारिक रूपमा मैले मविरुद्ध परेको उजुरी, ममाथि लगाइएको आरोप र उठाइएका प्रश्न के के हुन् भन्ने जानकारी नपाएकाले सम्बन्धित निकाय तथा अधिकारीबाट त्यसको जानकारी माग गरी सहयोग गरिदिनु हुन अनुरोध गर्दछु।’

    उनले समाचार सामग्री प्रशारण गरेकै आधारमा सरकारबाट गर्न खोजिएको जबरजस्ती रोक्न आवश्यक कदम चाल्न पनि दुवै संस्थालाई आग्रह गरेका छन्।

    पाठकले तीन साता अघि ‘टफ टक विथ दिलभूषण पाठक’ नामको युट्युब च्यानलमार्फत 'हिलटन होटल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरबारे भिडिओ रिपोर्ट प्रसारण गरेका थिए। 

    प्रकाशित मिति :जेठ २८ २०८२ बुधवार - १५:४४:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij