Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

राजनीति

अनेरास्ववियु महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै

अनेरास्ववियु महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै


  • 2.1K
    Shares

    • images
    अनेरास्ववियु महाधिवेशनमा आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै

    काठमाडौं । काठमाडौंमा जारी अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशनको बन्दसत्रको कार्यक्रम अन्तर्गत आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदै छ ।

    आइतबारबाट सुरु भएको महाधिवेशनको बन्दसत्रले संगठनको राजनीतिक, सांगठनिक र आर्थिक प्रतिवेदन समूहगत छलफल गरी पास गरेपछि आजबाट निर्वाचन प्रक्रिया अघि बढाउन लागिएको हो ।

    महाधिवेशनको अध्यक्ष मण्डलका सदस्य एमाले संगठन विभाग सचिव माधव ढुङ्गेलका अनुसार बिहान बन्दसत्रको बैठक सुरु गरेर निर्वाचन प्रक्रिया अघि बढाइने छ । अधिवेशनको हलले १ सय ५१ सदस्सीय केन्द्रीय कमिटी, ९ जना पदाधिकारी र ३२ वर्षे उमेर हदलाई अनुमोदन गरिसकेको छ ।

    यसै गरी यस अघिका आयोगमा एउटा आयोग थप गरी अनुशासन, लेखा र नीति तथा अनुगमन आयोग बनाइने भएको छ । नीति तथा अनुगमन आयोग यो महाधिवेशनबाट थप भएको हो । आयोग पदाधिकारी सहित १३ सदस्सीय हुने भएका छन् । जसमा प्रमुख, उपप्रमुख र सचिव पदाधिकारी हुने छन् ।

    अनेरास्ववियुको सचिवालय ४९ सदस्सीय हुने भएको छ । सचिवालय सदस्य पनि हलले नै चुन्ने भएको छ । केन्द्रीय सदस्य प्रदेश क्लष्टरबाट चुनिने भएका छन् ।

     

    प्रकाशित मिति :जेठ २७ २०८२ मंगलवार - १०:१३:३१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij