२०८२ चैत्र २ गते सोमवार
काठमाडौं । भारतको मध्य प्रदेश राज्यमा पर्ने इन्दौर जिल्लास्थित सकार नगरबाट हनिमुन मनाउन मेघालय गएका यातायात व्यवसायी राजा रघुवंशीको हत्या अन्ततः उनकै श्रीमतीले गराएको निष्कर्षमा प्रहरी पुगेको छ।
श्रीमान् मृत भेटिए पनि १७ दिनदेखि बेपत्ता सोनम रघृवंशी आज ९जुन (तारिख) गाजीपुरमा फेला परेकी हुन्।
उनैले भाडाका मानिस लगाएर पतिको हत्या गराएको आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको छ। साथै अन्य ३ जनलाई पनि प्रहरीले नियन्त्रणमा लिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
यही मे २३ मा हनिमुन मनाउन मेघालय पुगेका २९ वर्षीय राजा रघुवंशी ११ दिनपछि जुन २ मा पूर्वी खासी पहाडको वेसाडोङ फल्सनजिकै १५० फिट गहिरो खोँचमा मृत भेटिएका थिए भने सोनम बेपत्ता थिइन्।
तर अन्ततस् उनी १७ दिनपछि सोमबार पतिको हत्या आरोपमा गाजीपुरबाट गिरफ्तार भएकी हुन्। उनी मेघालयको शिलोङबाट गाजीपुर कसरी पुगिन् र यी १७ दिन उनले कसरी बिताइन् भन्ने विषयमा प्रहरीले अनुसन्धान थालेको छ।
गत मे ११ मा मा विवाह गरेका राजा र सोनम मे २० मा हनिमुन मनाउन भनेर इन्दौरबाट मेघालय प्रस्थान गरेका थिए।सोनम पक्राउपर्नुअघि प्रहरीले उनीहरूको सीसीटीभी फुटेज फेला पारेको थियो।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij