Logo

२०८२ चैत्र २ गते सोमवार

२०८२ चैत्र २ गते सोमवार

बाजुराको बाम्का बजारमा आगलागी : प्रदेश सरकारले ४० लाख सहयोग गर्ने

बाजुराको बाम्का बजारमा आगलागी : प्रदेश सरकारले ४० लाख सहयोग गर्ने


  • 1.6K
    Shares

    • images
    बाजुराको बाम्का बजारमा आगलागी :  प्रदेश सरकारले ४० लाख सहयोग गर्ने

    काठमाडौं । बाजुराको बाम्का बजारमा जेठ २३ गते नवदुर्गा होटलमा ग्यास सिलिन्डर विस्फोट भई भएको भीषण आगलागीबाट पीडित भएका व्यापारी तथा स्थानीयवासीलाई सुदूरपश्चिम प्रदेश सरकारले ४० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।

    मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा  आज आइतबार बसेको प्रदेश विपद् जोखिम न्यूनीकरण तथा नियन्त्रण परिषद्को बैठकले बुढीगंगा नगरपालिकामार्फत पीडितलाई राहत स्वरुप उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो।

    सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आगलागीबाट प्रभावित व्यवसायी र परिवारहरूलाई तत्काल सहयोग पुर्‍याउन ४० लाख रुपैयाँ प्रदान गरिने र प्राप्त विवरणअनुसार थप निर्णय लिइने बताएका छन्। नगरपालिकाले पीडितको विवरण सङ्कलन गरी मापदण्ड तय गरेर राहत वितरण गर्ने भएको छ।

    प्रदेश सरकारले मौज्दातमा रहेका १५ वटा ठुलो टेन्ट, ३४ वटा कम्बल र ३४ वटा त्रिपाल पनि तत्काल उपलब्ध गराउने निर्णय गरेको छ।

    उक्त आगलागीमा ४० वटा पसल जलेर करिब ८ करोड ७७ लाख ६५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक विवरण मार्फत प्राप्त भएको छ।

    प्रकाशित मिति :जेठ २५ २०८२ आइतवार - ११:४८:१८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij